Header Ads Widget

Ticker

6/recent/ticker-posts

मातृभाषा बज्जिकामा जनचेतनामूलक सडक नाटक "दलन" को भव्य प्रदर्शन

Bajjika Act "Dalan"
सुरज नारायण झा, रौतहट । 
मंसिर १४ गते मंगलवारको दिन मातृभाषा बज्जिकामा जनचेतनामूलक सडक नाटक "दलन" को भव्य प्रदर्शन गरिएको छ । रौतहटको मध्य भाग गरुडामा स्थित श्री माध्यमिक विद्यालयमा नाटक प्रदर्शन गरिएको छ । निर्बिज नाट्य समूह तथा सरिता फाउन्डेसनको प्रस्तुतिमा कलाकारहरुले नाटक प्रदर्शन गरेका हुन् ।


मण्डला थिएटरका कलाकार आदित्यनारायण मिश्रको लेखन तथा निर्देशनमा कुमार चन्दन, सुरज नारायण झा, रबिन्द्र कुमार, अभिजीत राम, शिवानी गुप्ता, रबिन्द्र पासवान, सीतासुन्दर सहनी, कृष्णनन्दन कुमार, रोहित पाण्डेय, धिरज पासवान, जानवी गुप्ता, खुश्बू कर्णसहितका कलाकारहरुले गरुडामा छुवाछुत तथा जातीय विभेदविरुद्ध जीवन्त नाटक प्रस्तुत गर्दा सयौँ दर्शक एकसाथ द्रविभूत भएका थिए ।


नाटक हेर्ने दर्शकले समेत नाटककै भागको रुपमा प्रतिक्रिया दिन पाउने गरी सडक नाटकको एउटा प्रकार कचहरी नाटकको प्रस्तुतिमा प्रस्तुत गरिएको नाटक ज्यादै प्रभावकारी भएको दर्शकको प्रतिक्रिया रहेको थियो ।


दुई हप्तासम्म प्रशिक्षण दिएपछि कलाकारहरु तयार भएका थिए । नवोदित कलाकारहरुले गरेको पहिलो प्रस्तुति अत्यन्त आकर्षक रहेको साहित्यकार संजय साह मित्रले प्रतिक्रिया दिएका छन् ।


कलाकारहरुलाई प्रशिक्षण तथा नाटकको प्रदर्शनको व्यवस्थापनमा गरुडा नगरपालिकाका चर्चित युवा समाजसेवी नेता अनिलकुमार यादवले व्यक्तिगत आर्थिक सहयोग गरेका छन् । प्रशिक्षणको समापनको अवसरमा बोल्दै समाजसेवी यादवले मातृभाषा र कलाकारितालाई अगाडि बढाउन आफू व्यक्तिगत रूपले जस्तो सुकै सहयोग गर्न तयार रहने बताएका छन् ।

Post a Comment

0 Comments