Header Ads Widget

Ticker

6/recent/ticker-posts

रौतहट लगायत प्रदेश २ को लगभग सबै जिल्लामा कठिन जितिया पर्वको तयारी थालियो

सुरज नारायण झा, रौतहट । रौतहट लगायत प्रदेश २ को लगभग सबै जिल्लामा पितृपक्ष सुरु भएसँगै जितिया पर्वको तयारी थालिएको छ ।

घर-घरमा सुरु भएको तयारीले अहिले रौतहट लगायत प्रदेश २ मा मनाइने सबै जिल्ला जिटियामय भएको छ । "मेरो छोरा कसैलाई केहि बिगार्ने छैन र भगवान जितवाहनको आशीर्वादले मेरो छोरा उपकारी बन्ने छ" भनी वाक्य उच्चारण गरी जितवाहन भगवानको गर्ने गरिन्छ ।

असोज कृष्णपक्षको अष्टमी तिथिका दिन निराहार उपवास गरिने जितिया पर्वका लागि पितृपक्ष सुरु हुनसाथै व्रतालु पुत्रवती आमाहरु आफ्नो छोरा सुयोग्य हुने कल्पनामा रोमांचित हुने गर्छन ।

पितृपक्ष अष्टमी तिथिको पूर्वरातमा ‘ओगट्न’ खाएर अष्टमी तिथिको व्रत सुरु गरिन्छ । यस्तो 'ओगटन' मध्यरात पूर्व खानुपर्ने व्रतको विधान रहेको व्रतालु बताउँछन् । ‘ओगट्न’ मा दहिचिउरा खाने चलनले अहिले बज्जिकाञ्चल र मिथिलाञ्चल बस्तिहरुमा शुद्घ दूधको जोहोमा व्रतालु लागि परेका देखिन्छन् ।

अघिल्लो मध्यरातपूर्व ‘ओगट्न’ खाएर सुरु गरिएको व्रत भोलिपल्ट नवमी तिथि सुरु भएपछि एकघडी कटाएर समापन गर्ने चलन छ । पुत्रको सौर्यवृद्धि र कल्याणको कामनाका लागि गरिने यो व्रतको विधि कठिन भएकाले यसको चर्चा र तयारी केहि दिन पहिले नै सुरु हुने गरेको देखिन्छ ।

यस पर्वमा निराहार व्रत सुरु गरिएपछि समापन नगरियुञ्जेल थुक निल्नु, अञ्जानमै पनि किरा, फट्याङ्ग्रा र झारपात मारिनु, चुँडिनु नहुने धार्मिक मान्यता छ । साथै घरको कामकाज गर्दा कुनै सामान फोडनु वा तोड्नु नहुने पनि पर्वको मान्यता रहेको व्रतालु बताउँछन् । व्रत अवधिमा व्रतालुले राजा जितवाहनको कथा सुनेर आफ्नो पुत्र उनी जस्तै परोपकारी र साहसी होउन् भन्ने कामना गर्छन् । यो व्रत मंगलवार गर्ने तयारी छ । मंगलवार बिहान सूर्योदयभन्दा चार घडीपूर्व दहीचिउरा ‘ओगट्न’ (दर) खाएर निराहार व्रत बस्ने पुत्रवती महिलाले बुधबार बेलुका ५ बजेपछि समापन गर्नेछन् । अहोरात्र कटाएर नवमी तिथि पर्खदा ३६ घण्टासम्म उपवास गर्नुपर्ने विज्ञहरु बताउँछन् । यसपालि मङ् गलबार दिउँसो ३ बजे अष्टमी तिथि प्रारम्भ हुने र बुधबार २७ घडी २७ पला अष्टमी भोगपछि नवमी प्रारम्भ हुने भएको हुँदा समापन बुधबार साँझ हुने भएको छ ।

Post a Comment

0 Comments