भारतीय चर्चित टीभी अभिनेता सिद्धार्थ सुक्लाको शुक्रबार दिउँसो अन्तिम संस्कार गरिएको छ । रियलिटी शो ‘बिग बोस–१३’को विजेता समेत रहेका सिद्धार्थ शुक्लाको विहीबार हृदयघातका कारण ४० वर्षको उमेरमा निधन भएको हो ।
सिद्धार्थ सुक्लाको शव मुम्बईस्थित कूपर अस्पतालबाट सिधै ओशिवारा आर्यघाट लगेर अन्तिम संस्कार गरिएको हो । सिद्धार्थको अन्तिम संस्कारमा उनको आमा, बहिनी र उनको प्रेमिका शहनाज गिल तथा कयौं कलाकारहरु सहभागी भएका थिए ।
भारतीय सञ्चारमाध्यमहरुका अनुसार भारी वर्षा भएको अवस्थामा पनि सिद्धार्थको अन्तिम संस्कारमा हजारौं सहभागी भएका थिए । सिद्धार्थले चर्चित टीभी सिरियल ‘बालिका बधु’ र रियलिटी शो ‘बिग बोस सिजन–१३’बाट निकै लोकप्रियता कमाएका थिए ।
सिद्धार्थ सुक्ला 'बिग बोस–१३' का साथै 'खतरोंका खिलाडी' को पनि विजेता बनेका थिए । सिद्धार्थको घरमा उनको आमा र दुई जना बहिनीहरु छन् । उनको दुवै बहिनीहरुको बिहे भइसकेको छ । सिद्धार्थ सुक्लाले आफ्नो करियरलाई लिएर संघर्ष गरिरहेको समयमा उनको बुबाको मृत्यु भएको थियो ।
सन् १९८० डसेम्बर १२ मा मुम्बईमा जन्मिएका सिद्धार्थ शुक्लाले आफ्नो करियरको सुरुवातमा मोडलिङ गरेका थिए । उनले सन् २००४ मा आफ्नो डेब्यू गरेका थिए । त्यस्तै सन् २००८ मा ‘बाबुलका आंगन छुटे ना’ नामक टिभी सिरियलमा देखिएका थिए ।
त्यसपछि उनी 'बालिका बधु' मा शिवको भूमिकाबाट सबैको घर–घरमा चर्चित बनेका थिए । सिरियल 'बालिका बधु' बाट चर्चित बनेका सिद्धार्थ शुक्लाले कयौं रियलिटी शोहरुमा भाग लिएका थिए । पछिल्लो पटक सिद्धार्थ ‘ब्रोकेन बट ब्यूटीफुल–३’ बेव सिरिजमा देखिएका थिए ।
सो सिरिजलाई सबै दर्शकहरुले निकै मन पराएका थिए । अन्तिम पटक सिद्धार्थ शुक्ला ‘डान्स दिवाने’ मा शहनाज गिलको साथमा देखिएका थिए ।
सिद्धार्थको आमा जसोतसो आफुलाई सम्हालेको छ त्यही सिद्धार्थको प्रिय शहनाज आफुलाई सम्हालन नसकेको देखिएको छ । उनको निधनले भारतको सम्पूर्ण कलाकार र उनको फ्यान मार्मिक बनेका छन् ।
0 Comments